काठमाडौं, १० माघ । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ ।
जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् ।
जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टीमा आपदकालिन अवस्था घोषणा गरिएको छ । यस्तै मिसिसिपीमा पनि चार जनाको ज्यान गएको छ ।
फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने मौसम विभागले जनाएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ ।
त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै राहत प्रदान गर्ने बताउनुभएको बिबिसीले जनाएको छ ।

0 Comments