Ticker

6/recent/ticker-posts

अब गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेच्न नपाईने

काठमाडौ, माघ ।
आगामी चैतदेखि दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने स्थानबाट सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । सुर्तीजन्य पदार्थ बिक्री गर्न छुट्टै पसल खोल्नु पर्नेछ र, यसका लागि सरकारसँग अनुमति पनि लिनु पर्ने छ ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ को दफा ११ (६) कार्यान्वयन गर्ने प्रस्ताव पास गरेको छ ।
अब आन्तरिक राजश्व कार्यालयबाट इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइनेछैन । साथै दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने स्थानबाट सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन । छुट्टै पलस खोल्नु पर्ने हुन्छ ।
यसका लागि सरकारले फागुन मसान्तसम्मको समय दिएको छ । चैत १ गतेबाट यसको पालना नभए प्रचलित कानुन अनुसार कारबाही हुनेछ ।
साथै पसलमा १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइने छैन र यसको सूचना पसलमा देखिने ठाउँमा राख्नु पर्नेछ ।

Post a Comment

0 Comments