Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

अष्ट्रेलिया–  अस्ट्रेलियामा पहिलो पटक बेलायति पहुंच स्थापना भएको सम्झना गर्दै मनाइने ‘अस्ट्रेलिया डे’ मा अष्ट्रेलियामा रहेका नेपालीहरुले उल्लेख्य सहभागिता रहने भएको छ । त्यसमा पनि साउथ अस्ट्रेलियाको नेपाली समुदायले बिशेष सहभागिता जनाउने बताइएको छ ।
नेपाली समुदायले गर्ने प्रस्तुतिहरु र कार्यक्रमलाई स्तरीय गराउनको लागि एडिलेड नेपाली समाज अस्ट्रेलियाले यहाँ रहेका सम्पूर्ण संघसस्थाहरुसँग छलफल गरी समिति गठन गरेको छ।
त्यहाँका सम्पूर्ण संघसस्थाहरुको सहकार्यमा नेपाली समुदायबाट नेपालको पर्यटन र कलासंस्कृति झल्किने प्रस्तुतिहरु परेडमा देखाउने तयारी गरिएको  एडीलेड नेपाली समाज अस्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले बताइन्।
हरेक वर्ष जनवरी २६ तारिखमा बेलायति फौज सहितको जहाज अस्ट्रेलियाको भु–भागमा ल्याइएको सम्झनामा मनाइने अस्ट्रेलियन डेमा यहाँ रहेका धेरै समुदायको र हजारौ मानिसहरुको उपस्थिति हुने भएकाले पनि यसलाई अवसरको रुपमा प्रयोग गर्दै नेपाली समुदायले आफ्नो प्रस्तुति दिने गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाका संयोजक नबिन कंडेलले बताए।
गभर्नर फिलिपको अगुवाइमा अस्ट्रेलियामा पहिलो पटक बेलायति कोलोनि स्थापना भएको दिनको सम्झना स्वरुप ‘अस्ट्र्लियन डे’ मनाइने गरिन्छ । परेड, कन्सर्ट र अतिश बाजिको रमाईलोसँगै साउथ अस्ट्रेलियाको एडिलेड सहरमा हुने उक्त कार्यक्रम मुख्य सार्बजनिक कार्यक्रमको रुपमा लिने गरिएको छ । २०१० बाट वृहत्त रुपमा एलडर पार्कमा गरीने यस बिशेष कार्यक्रममा करिब ४० हजार बढीको उपस्थिति रहँदै आएको  छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply