काठमाडौ,पुस ।
‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका साथ आइतबार चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ। दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी निकालेका छन् ।
नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरूप विगत तीन वर्षदेखि हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रूपमा मनाउँदै आएको छ।
टोपी दिवसको आवश्यकता किन भन्ने प्रश्न यतिबेला जल्दोबल्दोरुपमा उठ्ने गरेको सरोकारवालाहरुले बताएका छन् । सबै मुलुकको आ–आफ्नै पहिचान झल्किने राष्ट्रिय पोशाक हुन्छ। नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकका रुपमा लिईन्थ्यो तर गणतन्त्रको आगमनसँगै यसलाई राष्ट्रिय पोशाकको सूचीबाट हटाईएको छ ।
सरकारको यो निर्णयप्रति अधिकांश नेपाली जनता भने सहमत देखिदैनन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

0 Comments