Ticker

6/recent/ticker-posts

पौडेलले मुख खोलेः प्रधानमन्त्री नै निर्वाचनको बाधक

काठमाडौ, माघ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नै निर्वाचनको बाधक देखिएको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको मधेशी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको आरोप लगाए। उनले माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने आवश्यकता समेत औल्याए।
दक्षिण कोरिया भ्रमणबाट फर्कने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । उनले जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसीरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने धारणा राखे ।
नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनका बारेमा प्रतिपक्षी एमाले र मधेसवादी दलहरुले लिएको अडान गलत भएको टिप्पणी गरे । नेता पौडेलले निर्वाचनको वातावरण बनाउन आफू लागि पर्ने प्रतिवद्धता समेत जनाए।

Post a Comment

0 Comments