Ticker

6/recent/ticker-posts

किन रोकियो अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृति आवेदन प्रक्रिया ?

काठमाडौ, माघ ।
आउँदो फेब्रुवरी १ अर्थात माघ १९ गतेदेखि मात्रै अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन दिन सकिने भएको छ । सोमबारदेखी व्यक्तिगत श्रमस्वीकृतिका लागि अनलाइनमार्फत आवेदन लिने भनिएपनि प्राविधिक समस्या आएपछि तत्काल आवेदन लिन रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

‘केही प्राविधिक समस्याका कारण अरुले पनि दुरुपयोग गर्ने देखियो । त्यसैले तत्कालै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अनलाइनबाट लिन रोकेका छौं ।’ वैदेशिक रोजगार विभागले एक महिना अघि सुरु गरेको अनलाइन प्रणालीमार्फत म्यानपावर व्यवसायीले भने संस्थागत पूर्व स्वीकृति लिइरहेका छन् ।

Post a Comment

0 Comments