Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चार माध्यमले दिने सूचनाले सर्वसाधारणमा झन् अन्यौल बनाउने गरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघको १२ औं साधारण सभा तथा छैठौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चार माध्यम अनुसार घटनालाई फरक फरक तवरले समाचार सम्प्रेषण गर्ने शैलीले सर्वसाधारण अन्यौलमा पर्ने बताएका हुन्।
‘पाटनमा एउटा घटना घट्यो, ४ वटा पत्रिका ल्याएर पल्टाउँदा घटना के हो नै थाहा हुँदैन’ उनले भने–एउटाले एउटा भन्छ, अर्कोले अर्को भन्छ, कन्युजन मात्र हुन्छ’ नेताले आफ्नो राजनीतिक दर्शन अनुसार फरक फरक कुरा गर्नु स्वभाविक भएपनि सञ्चार माध्यमले प्रस्तुत गर्ने तथ्य फरक हुन नहुने उनले बताए।
सञ्चार माध्यमले प्रस्तुत गर्ने सामग्री डाक्टरले गर्ने उपचार भन्दा पनि विशिष्ट हुने सञ्चार मन्त्री कार्कीले बताए। ुतपाईले लेखेको कुराले डाक्टरको डायग्नोसिसले भन्दा बढी असर पार्छ, उनले भने –‘डाक्टरको डायग्नोसिसले एक जनाको ज्यान जान सक्छ, तपाईंको प्रस्तुतिले हजारौंको ज्यान जान सक्छ।’
सरकारले तयार पारेको आमसञ्चार नीति अध्ययनकै क्रममा रहेको भन्दै मन्त्री कार्कीले अध्ययन पछि लागू गर्ने बताए। कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष मोहन चापागाईंले सञ्चार मन्त्री कार्कीलाई रेडियो उपहार दिएका थिए।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply