Ticker

6/recent/ticker-posts

सुनसरीको खनारमा गोली चल्योः गोली लागि तीन जना घाईते

सुनसरी, माघ ।
सुनसरीको खनारमा प्रहरीको गोली लागि तीनजना घाइते भएका छन् । एक महिनाअघि डकैती गर्ने व्यक्तिलाई समात्न खोज्दा भागेपछि प्रहरीले उनीहरुमाथी गोली चलाएको हो । सुनसरीको दुहवी तथा मोरङको रंगेली र रानीमा एक महिनाअघि भएको डकैतीमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गर्ने खोजिएको थियो । पक्राउ गर्ने क्रममा भागेपछि गोली प्रहार गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गोली लागेर घाइते हुनेहरु लागुऔषध तथा हतियार कारोबारमासमेत संलग्न रहेको प्रहरीको दावी छ ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्ने क्रममा भागेकाले गोली हान्नुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जनाए ।

Post a Comment

0 Comments