Ticker

6/recent/ticker-posts

विवाह पश्चत मैतालु फर्काउन गएको गाडी दुर्घटना, ३ को मृत्यु

धनकुटा, ३ माघ । धनकुटाको फाक्सिवमा गएराति ल्याण्डरोभर गाडी (जीप) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
मोरङको केरावारीबाट धनकुटाको फाक्सिव जाँदै गरेको को.१ च ८१८ नम्बरको जीप फाक्सिव–१ मा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी मोरङ केरावारी–७ का २४ बर्षिय मिलन मगर, ३० बर्षिय बिक्रम मगर र २५ बर्षिया आईता राईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सरेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहँँका अनुसार बिवाह पश्चात मैतालु फर्काउँन जाने क्रममा फाक्सिव–१ स्थित माईतिघर नजिक आाईपुगेपछि गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी मोरङ केरावारी–७ का किरण मगर, शिशिर मगर, बिकास मगर, धनमाया लिम्बु, नगेन्द्र मगर, आरती मगर र ननेन्द्र मगर घाईते भएका छन । घाईतेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।कच्चि उकालो बाटोमा लोड तान्न नसकी गाडी पछाडी सरेर सडकबाट करिव १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा बाह्र जना सवार थिए ।    

Post a Comment

0 Comments