Ticker

6/recent/ticker-posts

त्रिशूली नदीमा फेरि ट्रक खस्योःलिफ्ट मागेर ट्रक चढ्ने बेपत्ता

चितवन,माघ ।
त्रिशूली नदीमा फेरि ट्रक खसेको छ । चितवनको दारेचोक गाविस–४ नाग्दी खोला नजिकैबाट आइतबार बिहान ५ बजेतिर ना ५ ख ५६५४ नम्बरको  ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जना हराएका छन्  ।
प्रहरीका अनुसार ट्रक सडकबाट झण्डै ७०–७५ मिटर तल नदीमा खसेको छ । प्रहरीले दुर्घटनास्थलबाट ट्रकका चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको उद्धार गरेको जनाएको छ ।
तर ट्रकमा लिफ्ट मागेर  चढेका एक जना भने हराइरहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । चामल बोकेर वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ट्रक त्रिशूली नदीमा खसेको हो ।

Post a Comment

0 Comments