काठमाडौं– २ माघ । भारत बिहारको राजधानी पटनामा गंगा नदीमा डुंगा डुब्दा कम्तिमा २१ जनाको ज्यान गएको छ । सबलपुर दियाराबाट पटना घाट जाँदै गरेको डुंगा शनिबार बेलुका गंगा नदीमा डुबेको पटनाका एसपी चन्दन कुशवाहाले जानकारी दिनुभएको छ ।
क्षमता भन्दा बढी यात्रु रहेकाले डुंगा डुबेको प्रहरीले जनाएको छ । घटनामा १० जनालाई सुरक्षित निकालिएको छ । डुंगामा ४० जना रहेको अनुमान छ ।
बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन उहाँले निर्देशन समेत दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । (एजेन्सीको सहयोगमा)
0 Comments