काठमाडौं–पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञावलीलाई सरकारले ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै २४ घन्टा समय दिएर अर्को स्पष्टिकरणका लागि पत्राचार गरेको छ ।
यसअघि पाँच प्रश्नमा लामै फेहरिस्तसहित स्पष्टीकर बुझाएका ज्ञवालीको चित्बुझ्दो जवाफ नआएपछि किन नहटाउने ? भन्दै २४ घण्टाको समय दिएर विहीबार स्पष्टिकरण सोधिएको हो ।
विहीबार नै मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्ती गरेको समाचार अधिकांशन मिडियाहरुले प्रमुख प्राथमिकताका सथा प्रकाशरण गरेका थिए ।
तर, सिइओ ज्ञवालीले भने यो विषय आफूलाई थाहा नभएको र मिडियाबाट नै हल्ला फिजिएको बताएका छन् । यस विषयमा प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘बरखास्त गर्ने निर्णय भएको हैन ।’ पुनः सरकारले मागेको स्पष्टीकरणको प्रश्नमा सोधिएको छ : तपाईलाई किन नहटाउने ? यसको आसय के हाे ?आम नागरिकले पार्टीमा भागबण्डा नमिलेपछि ज्ञवालीलाई नै अल्झ्याउन खोजेको बुझिसकेका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सिइओबारे निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । ‘उहाँले अर्को स्पष्टिकरण सोध्नु भनेपछि त्यसै अनुसारको पत्र तयार भएको हो । गत साता बसेको मन्त्रीपरिषद बैठकले पुनर्निर्माणको काममा भइरहेको ढिलाईबारे ५ वटा प्रश्न गर्दै ज्ञावलीलाई स्पष्टिकरण सोधेको थियो जसमा उनले बेलिविस्तार सहित स्पष्टीकरण बुझाइसकेका छन् । ज्ञवालीले मन्त्रिपरिषद् कार्यालय, अर्थ र सामान्य प्रशासन मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको स्पष्टीकरण पेस गरेका थिए ।
उनले स्पष्टीकरणमा लेखेका केही बुँदा
- मेरो भूमिकालाई सन्तोषजनक नरहेको भन्ने आधार छैन
- मिल्दो शीर्षकमा खर्च गर्ने गरी बजेट अर्थले दिएन
- पुनर्निर्माण कोष सञ्चालनमा कार्यान्वयन नहुने कार्य अर्थबाट भयो
- पटकपटक अनुरोध गरे पनि समान्यले कर्मचारी उपलब्ध गराएन
- निर्णयहरू कार्यान्वयन भई परिणाम देखिएकाले स्पष्टीकरण खण्डित हुन्छ
- म स्वयंले अरूको अधिकारक्षेत्रको अतिक्रमण गरी निर्णय गर्न मिल्दैन
- हालसम्म सम्पन्न कार्यले प्रभावकारी समन्वय नभएको आरोप पुष्टि हुँदै
0 Comments