काठमाडौ, माघ ।
आईतबार देशभर विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । तर वर्सेनि हुने कार्यक्रम औपचारिकतामै सीमित भएका छन् । वर्षेनी हुने कार्यक्रमले न भूकम्पवाट कसरी सुरक्षित हुने भन्ने सर्वसाधारणमा जनचेतना फैलाउन सकेको छ न त भूकम्पवाट सुरक्षा हुने किसिमका संरचनाहरु नै निर्माण गर्न सकेको छ ।
माघ २ गतेको महाभूकम्पमा परि मृत्यु भएका जनताको सम्झनामा निर्माण गरिएको नयाँसडकको भुगोल पार्कमा विहान एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पवाट भत्किएका संरचनाहरुको पुनर्निर्माण गर्न सरकार लागि परेको दावी गरेका छन् । भूकम्प सुरक्षा दिवशकै अवसरमा भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
२०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।
सामेबार ११ बजेर ५५ मिनेटमा सरकारी प्रतिनिधिहरुको सहभागिताा जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिएको छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।
१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।
२०५६ सालदेखि निरन्तर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको भए पनि प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि अघिल्लो माघ २ गते तत्कालिन सरकारले विशेष कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाएको थियो । तर त्यतिबेला सुरु गरिएको कुनै पनि काम अझैसम्म पूरा भएको छैन ।
गतवर्ष भूकम्प सुरक्षा दिवस पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ । गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे । तर त्यो पनि पूरा भएको छैन ।
यी त प्रतिनिधि घटना मात्र हुन् देशैभरको स्थिति यस्तै छ । र वर्सेनि मनाइने भूकम्प सुरक्षा दिवस औपचारिकतामा मात्रै सीमित भएका छन् ।

0 Comments