Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीमा आज तेस्रो एकीकृत नमुना बस्ती निर्माण सुरु गर्दैछ । सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती चार करोड ७८ लाखको लागतमा निर्माण हुने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले शिलान्यास गर्ने कार्यक्रम छ ।

हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झरेका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।

हास्य कलाकारद्वय धुर्मुस (सीताराम कट्टेल र सुन्तली (कुञ्जना घिमिरे) ले यसअघि काभ्रे र सिन्धुपाल्चोकमा दुईवटा नमुना एकीकृत बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेका छन् ।
यसैबीच, कलाकारद्वय धुर्मुस–सन्तली आइतबार महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका हास्यकलाकारद्वयलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका थिए । मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागिपरेका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो ।

कार्यक्रममा कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मीयता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताइ । ‘हामी तपाईहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन,’ धुर्मुसले भने, ‘हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply