Ticker

6/recent/ticker-posts

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक....?

काठमाडौ,माघ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल दक्षिण एशीयाकै तेस्रो भ्रष्ट मुलुकको सूचिमा राखेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल दक्षिण एशीयाकै तेस्रो भ्रष्ट मुलुकको रुपमा देखिएको अध्ययण प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ मा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा रहेको छ।
१ सय ७६ देशलाई समावेश गरेर निकालिएको सुचकांकमा नेपाल १ सय ३१ स्थानमा परेको हो । गत वर्ष नेपाल २७ अंकसहित १ सय ३० औं स्थानमा थियो । अघिल्लो वर्ष भन्दा यस वर्ष नेपालमा भ्रष्टाचार कम भएको हो कि भन्ने देखिए पनि अध्ययणले नेपालमा नीतिगत भ्रष्टाचार भने झनै बढेर गएको औंल्याएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । नेपालमा राजनीतिक दलहरुकै अग्रसरतामा भ्रष्टाचार हुने गरेको पनि उल्लेख गरिएको छ । राजनीतिक रुपमा हुने भ्रष्टाचार नरोकी सुशासन कायम गर्न नसकिने पनि उल्लेख गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकका दक्षिण एशीयामा सबै भन्दा भ्रष्ट देशको सुचीका भुटान परेको छ। विश्वमा भ्रष्टाचार बढदै गएको र त्यसमा सुधारका लागि अझै प्रयास गर्नुपर्नेमा पनि जोड दिइएको छ। विश्वमा सबै भन्दा कम भ्रष्ट मुलुकको सूचिमा डेनमार्क र न्यूजिल्याण्ड रहेका छन्।
दुवै मुलुकले कूल १०० मा ९० अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्ट मुलुकको सूचीमा पर्न सफल भएका हुन्। त्यसै गरी सोमालिया सबैभन्दा भ्रष्ट मुलुकको सूचिमा रहेको छ । धेरैजसो मुलुक ५० अंक ल्याउन पनि सफल भएका छैनन्। विश्वमा भ्रष्टाचार बढ्दै गएको र समस्या समाधानका लागि गरिएका प्रयास पनि सफल हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वभरका सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको मापन गर्दै आएको छ।

Post a Comment

0 Comments