Ticker

6/recent/ticker-posts

लोकमानसिंह कार्की सधै किन रहन्छन् चर्चाको केन्द्रमा.....?

काठमाडौ, माघ ।
संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर मात्र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउने भएको छ । समितिले मंगलबार छलफलका लागि बोलाएका विज्ञहरुले दिएको सुझावअनुसार महान्यायाधिवक्ताको सुझाव लिएर मात्रै कार्की विरुद्धको महाअभियोग प्रस्तावको टुंगो लगाउने निर्णय गरेको हो ।
छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानालाई बोलाइएको थियो । तर, तत्कालीन अन्तरिम मन्त्रिपरिषद सदस्य र कार्कीलाई सिफारिस गर्ने संवैधानिक समितिको समेत सदस्य रहेकाले आफूले राय दिन नमिल्ने उनले बताए ।
कानुन सचिव टेकनारायण ढुंगानाले आफू पनि कानुन आयोगको सदस्य भएर काम गरिसकेकाले कार्की विरुद्धको महाअभियोग प्रकरणमा राय दिन उचित नहुने तर्क गरे ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई बुधबारको बैठकमा बोलाइएको छ ।

Post a Comment

0 Comments