Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,  पुस ।
प्रतिपक्ष दल नेकपा एमालेसहितका ९ दलको विरोधका बाबजुत अन्ततः संविधान संशोधन विधेयक संसदमा टेबल भएको छ। प्रतिपक्ष दल मध्येको एक नेमकिपाका सभासद प्रेम सुवालले दिएको विरोधको सूचना र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको विरोधको सूचना नाराबाजी बिच बहुमतले अस्वीकृत गरेको छ।
सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको हो । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए ।
आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक समेत पेश गरेका छन् । कानुन मन्त्री अजयशंकर नायकले स्थानीय निकायको निर्वाचन विधेयक २०७३ सदनमा पेश गरेका हुन् । आइतबारको बैठकमा उनले विधेयक पेश गरेका हुन्।
यस्तै,आईतबार नै बसेको संसद बैठकबाट लोकमानविरुद्धको महाअभियोग प्रस्ताव समेत समितिमा पठाइएको छ । व्यवस्थापिका संसदले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोगलाई प्रस्तावलाई महाभियोग समितिमा सिफारिस गरेको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply