Ticker

6/recent/ticker-posts

डा. बामुरामलाई दीपकको दनक !

काठमाडौं, पुस । आइतबार नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । 
फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै देखिएका थिए। यसरी टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड भएपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमार्फत अब बख्खु, धोती दिवस पनि मनाउनु पर्छ भन्दै व्यङ्ग्य गर्दै गरेका थिए ।
भट्टराईलाई कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जवाफ फर्काएका छन् । कलाकार गिरीले फेसबुकमा लेखेका छन् ‘बिहानै टोपी लगाएको फोटो हालेको बाबुरामजीले देखि सहेनन् ।’ टोपी दिवस मनाउँदा धोतीलाई समस्या किन भन्दै गिरीले भट्टराईलाई प्रश्न गरेका छन् ।
त्यस्तै कलाकार गिरीले बाबुरामलाई टोपी लगाएको हो श्रीपेच होइन । त्यसकारण नआत्तिन भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखका छन् ‘हामीले टोपी लगाउँदा पनि श्रीपेचनै लगाएको जस्तो नगर्नुस् न है ।’

यही विषमा कलाकार तथा राप्रपा नेपालसंग आवद्ध युवक संगठनका अध्यक्ष कैलाश कटुवालले यस्ताे लेखेका छन्

Post a Comment

0 Comments