Ticker

6/recent/ticker-posts

वैदेशिक रोजगारीमा जानेको बीमा रकम अब ३० लाखसम्म ?

काठमाडौ,माघ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गरेका हुन्।
अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति पाउने छन् । अहिले वैदेशिक कल्याणकारी कोषमार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएको छ । यसलाई ७ लाख पुर्‍याउने यसअघि नै घोषणा भइसकेपनि नियमावली संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको छेन । यो छिट्टै कार्यान्वयनमा आउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ ।

Post a Comment

0 Comments