Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– काठमाडौँ सुनचाँदी व्यवसायी संघको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र रत्न शाक्यलाई चयन गरेको छ । 
नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा – महेन्द्र रत्न शाक्य ,उपाध्यक्षमा–सुरेश मान शाक्य, सचिवमा–प्रकाश चन्द्र शाक्य, सह–सचिवमा मुक्ति रत्न बज्राचार्य, कोषाध्यक्षमा मदन काजी शाक्य र सह–कोषाध्यक्षमा रोहिणादेवी शाक्य रहेका छन् । त्यस्तै, काठमाडौँ सुनचाँदी व्यवसायी संघको कार्यसमिति सदस्यहरुमा कविर बज्राचार्य ,संघरत्न शाक्य , दसरत्न बज्राचार्य, प्रकाश राज श्रेष्ठ ,पूर्णीरत्न बज्राचार्य, देवसुन्दर बज्राचार्य ,सुरेन्द्र काजी शाक्य, प्रनिल स्थापित र लेखरत्न शाक्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शाक्यले सुनचाँदीको निर्यात सम्बन्धी स्पष्ट नीति नबन्दा नेपालीहरुले धेरै दुःख कष्ट भोग्नुपरेको हुँदा नियम कानुन चाडै बनाउनुपर्ने बताए । उनले छिट्टै निर्यात सम्बन्धी नियम–कानुन बनाई विद्यमान समस्याको हल गर्न सरकारले तदारुकता देखाउनुपर्ने जिकिर गरे ।  व्यवस्थापिका संसदमा विचाराधीन अवस्थामा रहेको औद्योगिक व्यवसाय ऐनलाई यथाशीघ्र कानून बनाई प्रमुख निर्यातजन्य वस्तुहरुको सहुलियत प्रदान गरी संचालन गर्ने वातवरण मिलाउन समेत आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष शाक्यले नेपालको हालको अर्थतन्त्रमा सुनमा लगाएको कोटा र नियन्त्रित बजारबाट ब्यबसायीहरुले ठूलो पीडा, अपमान र तिरस्कारको सामना गरिरहेकाले नेपाल सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको व्यवस्था हटाउदै निर्यातमुखी औद्योगिक वातावरण निर्माण गर्न पनि माग गरेका थिए ।

नेपालको सुनचाँदी बजारमा प्रत्येक्ष र अप्रत्यक्ष रुपमा करिब २२ हजार व्यवसायीहरुले व्यवसाय संचालन गरि आएका छन् । जस अन्तर्गत झन्डै १लाख २० हजार मजदुहरुले काम गरिरहेको संघले जनाएको छ। सुनचाँदी व्यवसायबाट मुलुकको वार्षिक राजस्व, कर, सेवा शुल्क र अन्य शुल्क गरी करिब आठ अर्बको राजश्व संकलन हुने गरेको र समग्र बजारको आन्तरिक वर्षिक कारोबार झन्डै एक खर्बभन्दा माथि रहेको संघको दाबी छ ।
उद्योगमन्त्री नविन्द्र राज जोशीले साधारणसभाको उद्घाटन गर्दै सुन–चाँदी व्यवसायमा देखिएका समस्या हल गर्न आफू तम्तयार रहेको बताए । उनले विचारधीन अवस्थामा रहेको ऐनले पनि चाडै मूर्तरुप पाउने आश्वासन दिए । कार्यक्रममा उद्योग सचिव शंकरप्रसाद कोइराला, रमेश महर्जन, तेज रत्न शाक्य, मणिक रत्न शाक्य, सांसदहरू रामवीर मानन्धर, राज्यलक्ष्मी शाक्य र प्रभा बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply