Ticker

6/recent/ticker-posts

अमेरिकी राष्ट्रपति चुनावमा रुसी ह्याकबारे आगामी साता डरलाग्दो खुलासा हुँदै

एजेन्सी, पुस ।
अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले रुसले अमेरिकी राष्ट्रपतिको चुनावमा दिएको चासोबारे खुलासा गर्ने बताएका छन् ।अमेरिकी राष्ट्रपतिको चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा क्लेपरले राष्ट्रपति बाराक ओबामालाई प्रतिवेदन बुझाएका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डेमोक्रेटिक पार्टीका ईमेल लिक गर्न आदेश दिएको र यसका पछाडिको उद्देश्य आगामी हप्ता खुलासा गर्ने बताए । यसअघि उनले रुसी ह्याकिङका बारेमा केही बताएका थिएनन् ।
सिनेटको सैन्य समितिले यसबारेमा सुनुवाई गरिरहेको छ । यसको नेतृत्व रिपब्लिकन सिनेटर जोन मेक्केनले गरिरहेका छन् । अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिकाले रुसका ३५ जना कूटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । गुप्तचर विभाग प्रमुख क्लेपरले रुसले अमेरिकामा विभिन्न भ्रम, गलत सूचना र झुठो खबर फैलाएको बताएका छन् ।

Post a Comment

0 Comments