Ticker

6/recent/ticker-posts

पाईलटकै गल्तीले नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको रहस्य पर्दाफास...

काठमाडौ, माघ ।
गएको साउनमा नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना मानवीय त्रुटीका कारण भएको पुष्टी भएको छ । फिस्टेल एयर दुर्घटनाको जाँच गर्न बनेको हवाई दुर्घटना जाँच आयोगले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटना प्राविधिक कारणले नभई पाइलटको गल्तीका कारण भएको देखाएको हो ।
तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठ अध्यक्ष रहेको समितिले दिएको प्रतिवेदन अनुसार पाइलटले जबरजस्ती कुहिरो भित्र हेलिकप्टर लैजाने र बाहिर ल्याउने गरेको हुनाले दुर्घटना भएको थियो ।
नुवाकोटबाट काठमाडौं आउने अन्य सुरक्षित बाटो हुँदाहुँदै पनि ककनीबाटै काठमाडौं छिर्ने प्रयास गरेको र ककनी वरपर स्थानीय वायुको कारण लागेको बादलमा पाइलट अल्मलिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
जाँचबुझ समितिले मानवीय त्रुटी बाहेक त्रिभुवन विमानस्थलको टावर अत्यन्तै ब्यस्त हुँदा ट्राफिक सूचना नपाएको, मौसमको बारेमा जानकारी कमी भएको, र वरपर रहेको हेलिप्याड बारे पाइलटलाई पर्याप्त जानकारी नदिनु पनि दुर्घटनाका कारण रहेको जनाएको छ ।
समितिले आगामी दिनमा हवाई दुर्घटना कम गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई २१ बुँदे सुझाव पनि दिएको छ ।

Post a Comment

0 Comments