Ticker

6/recent/ticker-posts

चर्चित र्‍यापर ‘यमबुद्ध’ बाथरुममा झुडिएको अवस्थामा मृत भेटिए

काठमाडौं,  माघ । नेपाली चर्चित र्‍यापर अनिल अधिकारीको निधन भएको छ । यमबुद्धको नामले चिनिने अधिकारी लण्डनमा मृत भेटिएका हुन् । लण्डनमा श्रीमतीसँगै बस्दै आएका २९ वर्षका अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिएका हुन् ।

अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गरेका छन् ।  अधिकारीको शव हार्रोमा रहेको नर्थविक पार्क अस्पतालमा राखिएको छ । प्रहरीले परिवारका सदस्यालाई सोमबार मात्रै सम्पर्क गर्न आग्रह गरेको उल्लेख छ । पोष्टमार्टम बुधबार मात्र हुनेछ । मरहठ्ठाले निधनको कारण पोष्टमार्टम पछि मात्रै थाहा हुने बताएका छन् ।
तर र्‍यापर यमबुद्धले झुण्डिएर आत्महत्या गरेको उल्लेख छ ।

सन् २०११ साथी बोलको गीतबाट यमबुद्धले चर्चा पाएका थिए । उनका आमा, फुटपाथ मेरो घर, यो प्रशंगसहितका गीत चर्चित छन् । उनका एकादेशमा र यमबुद्ध मिक्सटेप गरी दुई एल्बम निस्किएका छन् । उनी नयाँ एल्बम ‘खतरा’ को तयारीमा थिए । 

Post a Comment

0 Comments