Ticker

6/recent/ticker-posts

सांसदले ढोका थुनेर सरकारी कर्मचारीलाई कुटेपछि....

ताप्लेजुङ, माघ ।
सांसद वाङ्दी शेर्पाले सरकारी कर्मचारीलाई ढोका थुनेर कुटपिट गरेका छन् । गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई माओवादी संसद शेर्पाले कुटेका हुन् । शुक्रबार खेजेनिम गाविस पुगेका घिमिरे सांसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए।‘आफसँग परीचय पत्र नभएको बताउँदा यस्तो पनि कर्मचारी हुन्छ ?’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको  घिमिरेले बताए।
स्थानीयले पनि सांसदले कर्मचारीलाई २–३ घण्टा नियन्त्रणमा लिर्इ कुटपिट गरेको पुष्टि गरे।
तर, संसद शेर्पाले भने आफूले घिमिरेलाई परिचय पत्र नबोकी किन हिँडेको भनेर सोधपुछ मात्रै गरेको दाबी गरेका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयले संसद शेर्पा र कर्मचारी घिमिरेलाई मिलापत्र गराएको छ । कर्मचारीले परिचय पत्र नबोकेको र संसदले पनि कर्मचारीसँग भनाभन हुँदा धकेलेको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments