Ticker

6/recent/ticker-posts

व्यवसायीको ढोकामा बम, सेनाको टोली घटनास्थलमा

नमुना तस्वीर
सप्तरी, ७ माघ । सप्तरीको राजविराज–१ स्थानीय व्यवसायी फुसराज दुगरको घरको प्रवेशद्वार नजिक शंकास्पद वस्तु फेला परेको छ ।

उक्त शंकास्पद वस्तुसँगै तराईमा आन्दोलनरत सशस्त्र भूमिगत समुह अखिल तराई मुक्ति मोर्चाको पर्चा पनि भेटिएका कारण उक्त शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सेनाले उक्त वस्तु डिस्पोजल गर्ने कार्य अघि बढाएको छ ।

कालो प्लास्टिकमा बेरिएको अवस्थामा भेटिएको उक्त वस्तु ग्रिनेट बम भएको हुनसक्ने स्थानीयल आशंका गरेका छन् । शंकास्पद वस्तु भेटिएसँगै स्थानीय त्रसिद बनेको छन् । सशस्त्र भूमिगत समूह जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा तराईका जिल्लामा विभिन्न हिंसात्मक गतिविधिमा संलग्न हुँदै आएको छ ।

Post a Comment

0 Comments