Ticker

6/recent/ticker-posts

आइएस लडाकुले अफगानिस्तानको एक पुरै वस्तीमा आगो लगाएपछि...

काबुल,माघ ।
इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध एक अफगानी आतङ्कवादी समूहले नागारहर प्रान्तस्थित कोट क्षेत्रमा शुक्रबार साँझ करिव ६० घरमा आगो लगाएका छन् । आइएस विद्रोहीको एक समूहले गाउँमा एक्कासी प्रवेश गरी घरमा बसीरहेको गाउँलेलाई घरबाट बाहिर निकाली वस्तीमा आगो लगाएर भागेका हुन् ।
घटनामा विद्रोहीले गाउँलेलाई घर बाहिर निस्कन लगाएर आगो लगाएका कारण कसैको हताहती भने भएको छैन। यसबारे आइएस समूहले कुनै प्रतिक्रिया जनाएको छैन।
विद्रोहीले जलालावादलाई दुई बर्ष पहिलेसम्म आफ्नो राजधानीका रुपमा प्रयोग गर्दै आएका थिए। पछि अफगानिस्तान प्रशासनले सो क्षेत्रलाई सरकारी नियन्त्रणमा लिएपछि उनीहरु सो ठाउँ छाडी भागेका थिए।

Post a Comment

0 Comments