Ticker

6/recent/ticker-posts

बालुवाटारमा के हुँदैछ सोमबार ? प्रधानमन्त्रीले गरे यस्तो संकेत.....

काठमाडौ, माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णायक वार्ता गर्ने भन्दै मधेशी मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका छन् । स्थानीय चुनावको मिति घोषणालाई लिएर दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई वार्तामा फेरि बोलाएका हुन् । अघिल्लो मंगलबार पनि बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो ।
संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख विपक्षी एमालेले चुनाव घोषणाको माग गर्दै आएको छ । तर मधेशी मोर्चाले भने परिमार्जन सहित संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न दवाव दिईरहेको छ ।
मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा चुनाव घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी समेत दिईरहेका छन् ।
दोहोरो दबावमा परेका प्रचण्डले सोमबार बिहान कांग्रेससहित मधेसी मोर्चाको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणाका लागि सहमति खोज्न मधेसी मोर्चाका नेताहरुलाई बोलाएका हुन् । सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल हुन लागेको हो ।
सोमबार मधेसी मोर्चासँग छलफल गर्नुपूर्व प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवावीच छलफल हुने वालुवाटार स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments