Ticker

6/recent/ticker-posts

७.९ रेक्टर स्केलको भुकम्पको झड्का

काठमाडौं, ९ माघ – प्यासिफिक राष्ट्र पपुवान्युगिनीमा आइतबार मध्याह्न ७.९ म्याग्निच्यूडको भूकम्प गएको छ।

बउगेनभिल आइसल्याण्डको अरवाबाट ४७ किलोमिटर पश्चिमतर्फ गएको भूकम्पको केन्द्रविन्दू पृथ्वीको सतहबाट १ सय ३६ किलोमिटरको गहिराइमा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ।

भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। प्यासिफिक सुनामी वार्निङ सेन्टर (पीटीडब्लूसी)ले ३ घण्टासम्ममा पपुवान्युगिनी र सोलोमन आइल्याण्डमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ।  एजेन्सीको सहयोगमा

Post a Comment

0 Comments