Ticker

6/recent/ticker-posts

टोपी प्रकरणमा अन्ततः यस्तो स्पष्टिकरण आयो डा.बाबुरामको

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू टोपी विरोधी नभएको स्पष्टीकरण दिएका छन् ।

उनले सानो छँदा लगाएको टोपीसहितको तस्बिर राखेर विस्तृतमा स्पष्टीकरण दिएका छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई नेपालीहरूले स्वतस्फुर्त रूपमा टोपी दिवस मनाउन थालेपछि बाबुरामले त्यसको विरोध गर्दै स्टाटस लेखेका थिए ।

बाबुरामको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भयो । जनस्तरमा मात्रै होइन, आफ्नै पार्टीमा समेत आत्मालोचनासहित क्षमायाचना गर्न नेताहरूबाट दबाब परेपछि बाबुरामले आफू टोपी विरोधी नभएको भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्, ‘बाबुराम र टोपीको जन्मजात साइनो छ है । बाबुरामलाई टोपी विरोधीको रूपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत हुन्न ।’ उनले सबैलाई आफ्नो भेषभुषाप्रति भावनात्मक लगाव र माया हुने र त्यो मानवीय स्वभाव भएको भन्दै जातीय पोसाकको अतिशयपूर्ण महिमामण्डन गर्ने र त्यसलाई समग्र राष्ट्रियताको प्रतीक मान्न नहुने जिकिर गरेका छन् । उनले एउटा मात्रै जातीय पोसाकको महिमा गर्दा अरु समुदायमा प्रतिशोधको भावना जन्मने भएकाले भावनाभन्दा विवेकलाई ध्यानु पु¥याउनुपर्ने बताएका छन् ।

  उनले फेसबुकमा यस्तो लेखेका छन्
  उनले ट्वीटरमा पनि यही कुरा लेखेका छन्


यो पनि हेर्नोस्अनलाइनमा निलो फिल्म हेर्नुहुन्छ, सावधान ! पहिलो फेसबुक बन्द गर्नोस्, नत्र...? 

Post a Comment

1 Comments

  1. Who are against topi. But the suit that so called leaders put on when they become the PM of Nepal or Ministers of Nepal ignoring daura suruwal and topi, is the formal dress of the westerns.You used to be against Indian extension and American imperialism. What a paradox you have. I think no nepalese are against the cultural dress whether anyone puts on bakhhu or dhoti or kachhad, or other types of nepalese dress. Why your lens are problematic. You saw problem in 2052 but what solution you gave when you became the Finance minister as well as the Prime Minister of Nepal. You learned one has problems but you see problem in Dhaka topi. It's totally unfair. Be rational and raise the issue that you can solve if you get the chance once more to be the PM of Nepal.

    ReplyDelete