Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  माघ । नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता कृष्णदास श्रेष्ठ मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा फर्किएका छन् । रामबहादुर थापा ‘बादल’सँगै नेकपा माओवादी केन्द्रमा (माके) गएका श्रेष्ठ पुनः वैद्य माओवादीमै फर्किएका वैद्य निकट एक नेताले बताए ।

बादलसँगै एकतामा गएका श्रेष्ठ माक्र्सवादी चिन्तक, लेखक, अनुवादकका रुपमा परिचित छन् । माओवादी एकतामा गएदेखि नै पार्टीप्रति असन्तुष्टी जनाउँदै आएका श्रेष्ठ पुनः वैद्य माओवादीमै फर्किनेबारेमा झण्डै एक महिनाअघिदेखि नै वैद्यसँग छलफलमा थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सहमतिपछि श्रेष्ठ प्रचण्डप्रति रुष्ट हुँदै आएको स्रोतको भनाइ छ । कृष्णदाससँगै उनकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ पनि वैद्य माओवादीमै फर्किएकी छिन् । (खबरडबलीबाट)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply