काठमाडौं, माघ । केही समय अघि तहल्का एल्बममा रहेको तहल्कै तहल्का गीत स्रोता–दर्शक माझ ल्याएर तहल्का मच्चाएका एम लामाले अहिले कस्ले सार्वजनिक गरेका छन् ।
नेपाली गीत संगीतमा विगत एक दशकदेखि रहेका गायक एम लामाले दर्शक÷स्रोतामाझ ‘तहल्का’ एल्वम लिएर आएका थिए गत महिना । ‘तहल्का’लाई आफ्नो १२–१३ वर्षको फल हो भनेका छन् एमले ।
‘म्युजिक सम्बन्धि विभिन्न कक्षाहरु लिएर नै पूर्ण रुपमा आफूलाई पोख्त बनाएर यो क्षेत्रमा आएको छु ।’ उनले भने । एल्बममा ‘तहल्का...,’ ‘खै कस्ले...’, ‘म खेलीरहेछु...’, ‘कतै प्यास...’, ‘तिम्रो नजरको...’ र ‘बिहानीको...’ जस्ता छ बटा गीत समावेश गरिएको छ । सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको यो एल्बममा रहेका गीतलाई शितल कादम्बिनी र रावतले लेखेका हुन् ।
युथ क्रिएशनले बजारमा ल्याएको यस एल्बममा रहेको ‘तहल्का...’ले लाखौं भ्युर्अस पाइरहेको छ युट्युवमा । ‘खै कस्ले...’ पनि दर्शक–स्रोताले त्यतीकै साथ दिने एमको दाबी छ । तहल्काले आफूलाई अझ बढि उत्साहित बनाएको र अन्य गीतका पनि क्रमश भिडियो बनाउँदै जाने उनले बताए ।
तहल्कालाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अन स्क्रिन रोमान्स गरेका छन् यसलाई उत्सब दाहलले छायाँकन गरेका हुन् । त्यस्तै खै कस्लेलाई आशिक लामाले निर्देशन गरेका छन् जसमा नविन सुवेदी र कृष्टिना थापाको रोमान्स रहेको छ । अंग्रेजी साहित्यमा एम ए गरेका लामा पेशाले भने अध्यापन गर्छन ।
भिडियाे हेर्नाेस् यस्ताे छ
भिडियाे हेर्नाेस् यस्ताे छ
0 Comments