Ticker

6/recent/ticker-posts

साना दलहरुमा किन पर्यो रुवावासी ? देउवासंग हारगुहार

काठमाडौ, माघ ।
प्रमुख तीन दल नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रबीच थ्रेस होल्ड ३ प्रतिशत राख्ने सहमति हुने देखेपछि साना दलहरु त्यसबिरुद्ध लविङमा लागेका छन् । राजनीतिक अस्थिरताको मुख्य जड थ्रेसहोल्ड रहेको निष्कर्ष निकाल्दै राजनीतिक दलसम्बन्धी एेनको विधेयकमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने तयारी भएपछि साना दलहरूले त्यसविरुद्ध चलखेल गर्न थालेका हुन् ।
थ्रेसहोल्ड नथप्न एक सुत्रीय मागसहितको ज्ञापन पत्र लिएर बुढानीलकण्ठ पुगेका साना दलका नेताहरूलार्इ प्रतिक्रियामा कांग्रेस सभापति देउवाले यस विषयमा आफू एक्लैले कुनै निर्णय लिन नसक्ने जनाएपछि साना दल झन् अत्तालिएका छन् ।
मंगलबार नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्तलगायत साना १७ दलका ८ नेताले कांग्रेस सभापति शेरबहादुर देउवालार्इ भेटेर थ्रेसहोल्ड तीन प्रतिशत नराख्न आग्रह गरेका थिए ।
बुढानिलकण्ठ स्रोतका अनुसार ज्ञापन पत्र बुझाउन माले महासचिव सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा संयुक्तकी प्रमिला राना, राष्ट्रिय जनमोर्चाकी मिना पुनलगायत नेताहरूले बिहान ९ बजे सभापति देउवालार्इ भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए। उनीहरुले सभापति देउवालाई तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था खारेज गर्न माग गरे।
संविधानले थ्रेसहोल्डको व्यवस्था नगरेको र राज्यव्यवस्था समितिमा आइपुगेको विधेयकले समेत तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था नगरेको भन्दै समितिबाट थ्रेसहोल्ड थप्ने व्यवस्था गर्नु नहुने उनीहरुले देउवासंग माग गरेका थिए ।
अब हुने निर्वाचनबाट समानुपातिकतर्फबाट कुल ११० प्रतिनिधि मात्रै निर्वाचित हुने भएकाले करिब ९० हजार भोट ल्याउनेले मात्रै प्रतिनिधित्व पाउने भन्दै साना दलहरुले त्यही व्यवस्थालाई थ्रेस होल्ड मान्नुपर्ने बताउँदै आएका छन्।
थ्रेसहोल्ड नथप्न एक सुत्रीय मागसहितको ज्ञापन पत्र लिएर बुढानीलकण्ठ पुगेका साना दलका नेताहरूलार्इ प्रतिक्रियामा समापति देउवाले यस विषयमा आफू एक्लैले कुनै निर्णय लिन नसक्ने बताएका थिए ।

Post a Comment

0 Comments