Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

क्रान्तिकारीले के के गरे गरे !
सर्वहाराहरुको मस्तिष्कमा,
सपना भरे !
एम्बुसमा
पारे,परे !
मारे,मरे !
लौरो बिर्से-खोलो तरे !
गाउँबाट शहर सरे !
भन्छन् रे,
अझै,
जुट्न हैन फुट्न,
बाँकी नै छ रे !

तर,भन्या भनै गर्छन् रे,
क्रान्तिकारी त,
उर्लदो भेल हो अरे !
होइन रे,खहरे !
भन्न अझै छाड्या छैनन् रे,
साम्यवाद सम्म त पुगेरै
छाड्छ्न रे !

भर्खर त नयाँ दिल्ली सम्म मात्र,
पुग्या छन् रे !
तर अचेल,सोद्धैछन् जनता,
इतिहासको यो मोडमा,
elephant माने मुसा चैं,
कसरी भाको रे ?
के यो पनि,
छलाङ नै,मारेको रे ?
यो चैं, माने....
रुप र सार पक्ष,
फरक भाको रे !

–सुभाष ढुंगेल
काठमाडाैं । 
हाम्रो पेज लाइक नगर्नुभएका मित्रहरुले कृपया यहा क्लिक गरी पेज लाइक गरी सहयोग गरिदिनुहोला । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply