Ticker

6/recent/ticker-posts

लोकमानसिंह कार्कीले गरेका काम कारबाही उल्टिने,भ्रष्ट्राचारी चोखिने आशंका

काठमाडौ, माघ ।
व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिले लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा गरेका काम कारवाहीको छाबिन गर्ने भएको छ ।
समितिको बुधबार बसेको बैठकले छानबिनका लागि ३ सदस्यीय उपसमिति गठन गरेको छ । १५ दिनको समय पाएको उपसमितिमा रामनारायण विँडारी, रेवतीरमण भण्डारी र दीपकप्रसाद कुइँकेल छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका रूपमा काम गर्दा कार्कीले पदीय आचरण विपरीत तथा संविधानको भावनाका विरुद्धमा काम गरेको भनी व्यवस्थापिका–संसद्का १ सय ५७ जनाले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
आफूहरुले महाअभियोग प्रस्तावमा किटानी गरिएका आरोपहरु छानबिन गर्ने समितिका एक सदस्यले जानकारी दिए । सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भइसकेकाले समितिले अब कार्कीलाई पदमुक्त गर्ने तिर नभई कार्कीले गरेका अनियमिता तिर छानविन गर्ने निष्कर्ष निकालेको हो ।

Post a Comment

0 Comments