Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरवारको मुख्य गेट अगाडी रहेको राष्ट्रनिर्माण पृत्वीनारायण शाहको शालिक अगाडि नाचगान र नाराजुलस सहित पृथ्वी जयन्ती मनाउन मानवसागर उर्लिएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीका अवसरमा राजधानीको सिंहदरवार अगाडि रहेको उनको शालिकमा पृथ्वीजयन्ती मनाउन आएका ठुलो संख्याका सर्वसाधारणले माल्यार्पण गरेका छन् ।
माल्यार्पण कार्यक्रममा पुराना राजावादीहरु, पृथ्वी नारायण शाहका अनुयायी मात्र नभई सर्वसाधारण जनताको पनि उत्तिकै उपस्थिति रहेको थियो ।
त्यस क्रममा राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा सिंहदबार अगाडिको सडक पेटीमा नाचगान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले संघीयताका नाममा हिमाल, पहाड तथा तराई टुक्र्याउन नहुने भन्दै नाराबाजी समेत गरेका छन् ।
सो अवसरमा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको पनि उपस्थिति थियो ।
देश तथा विदेशका विभिन्न भागमा पनि यस वर्ष पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply