Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
संविधान संशोधनबारे आ–आफ्नो अडानमा रहेका प्रमुख तीन दल आगामी वैशाखभित्र स्थानीय चुनाव गर्न सहमात भएका छन् । दलहरुबीच ५ दिनभित्र स्थानीय तहको चुनावको घोषणा गर्ने सहमति समेत बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आहृवानमा बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै तीन वटा चुनाव गर्नु पर्ने तीन दलको निष्कर्ष छ ।
‘तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन्, एमाले उपनेता सुवास नेम्वाङले भने । बैठकमा अब स्थानीय तहकै गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री दाहालले आगामी वैशाखभित्र चुनाव गर्न सकिने बताएका थिए ।
यसका लागि अबको ३–४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने सहमति भएको छ । लगतै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नेछ । विधेयक पास भएपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, माओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।
स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग सहमति जुटाउन सरकारले सम्वाद गर्नेछ । मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार भएको बताइसकेको छ । र, उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी पनि दिँदै आएको छ ।
तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई सहमतिमा ल्याउन राष्ट्रपति चयनका लागि गाउँपालिका र नगरकालिकाका प्रमुख र उपप्रमुखले पनि भोटिङ संवैधानिक व्यवस्था संशोधनको प्रस्ताव राखेका छन् ।
बैठकमा संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे । विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । यसबारे धेरै छलफल नभएको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply