Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठन गरेर भएपनि मुलुकलाई निकास दिनु पर्ने बताएका छन् । संविधान जारी गर्नुअघि भएको सत्ता साझेदारी भत्किएपछि समस्या देखिएको भन्दै उनले भनेः‘ त्यसैले यो खेल मुद्धा भन्दा पनि तीन दलको सत्ता साझेदारी बढी हो, प्रमुख राजनीतिक दलहरुले सत्ता साझेदारीको मुद्धालाई मिलाएर आवश्यक पर्छ भने सबै मिलेर मिलिजुली सरकार बनाएर जान पनि तयार हुनु भो भने यो मुद्दाको समाधान निस्कन्छ ।’
पार्टी केन्द्रिय कार्यालय बबरमहलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सहमतिबाटै मुलुकलाई निकास दिनुको विकल्प नरहेको बताए । प्रमुख दलहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने झगडा रहेको भन्दै उनले भनेः‘यहाँ दलहरुले मोही माग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भइरहेको छ।’
सबै समुदायको भावनालाई सम्बोधन हुनेगरी सहमतिमा संविधान संशोधन गराएर अघि बढनुपर्ने र त्यसका लागि वार्ता र सम्वादमा जुट्नु पर्नेमा उनले जोड दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply