Ticker

6/recent/ticker-posts

उत्तर कोरियाले अमेरिकालाई दियो मिसाईल आक्रमण गर्ने चेतावनी...

एजेन्सी,पुस ।
उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र विकास कार्यक्रममा अमेरिका पुरै दोषी रहेको भन्दै अब कुनै पनि बेला अमेरिकामाथि मिसाईल आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। उत्तरकोरियाको विदेश मन्त्रालयले भनेको छः‘उत्तर कोरियाको क्षेप्यास्त्र विकास कार्यक्रममा अमेरिका पुरै दोषी छ। अब कुनै पनि बेला हामी मिसाईल आक्रमण गर्न सक्छौ ।’
यसअघि उत्तर कोरियाका शासक किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको वक्तव्यमा उत्तर कोरिया अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणको नजिक रहेको र कुनै पनि बेला अमेरिकाको मूख्य भूमिमा आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए ।
उत्तरकोरियाको यो चेतावनीसंगै अमेरिकासंगको युद्धलाई झनै उचाइमा पुर्याएको छ । उत्तर कोरियाले डोनाल्ड ट्रम्पसँग भविष्यमा वार्ता हुनसक्ने बताए पनि क्षेप्यास्त्र प्रक्षेपण नरोकिने  जनाएको छ। अमेरिकन रक्षा मन्त्री कार्टरले पत्रकार सम्मेलनमा भनेका छन्ः‘यो एक गम्भीर धम्कि हो। अमेरिका र सहयोगी राष्ट्रहरु प्रति लक्षित कुनै पनि क्षेप्यास्त्रलाई अमेरिकाले ध्वस्त पारिदिनेछ।’
उत्तर कोरियाको मिसायल धम्कीलाई चीन र दक्षिण कोरियाले चर्को निन्दा गरेका छन्।  यस कदमले उत्तर कोरियामाथि थप प्रतिबन्ध निम्ताउने सम्भावना छ । अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी र प्रतिबन्धका बावजुद पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाएको छ।
उत्तर कोरियाले सन् २००९ देखि अहिलेसम्ममा ४ वटा क्षेप्यास्त्रहरु प्रक्षेपण गरिसकेको जनाएको छ।

Post a Comment

0 Comments