Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
बाँकेको खजुरामा हिन्दु र इस्लाम धर्मगुरुलाई एकसाथ रथमा बजार परिक्रमा गराएर धार्मिक सद्भावको उदाहरण दिइएको छ । धार्मिक सद्भावका हिसावले अति महत्वपूर्ण बाँकेको बागेश्वरी गाविसको खजुरामा सोमबारदेखि सुरु व्यापारिक महोत्सवको उद्घाटनअघि धर्मगुरुलाई एकसाथ रथ परिक्रमा गराइएको हो । बागेश्वरी गाविस कार्यालयसँगै जोडिएको मुसबेटवा बाबा मजारमा सोमबार सामाजिक र धार्मिक सद्भाव झल्किने प्रस्तुतीसँगै महोत्सवको उद्घाटन भएको हो । महोत्सवको उद्घाटनअघि हिन्दु धर्मागुरु चन्द्रनाथ योगी र इस्लाम धर्मगुरु मौलाना जव्वार मञ्जरीलाई रथमा एकसाथ राखेर खजुराबजार परिक्रमा गराइएको थियो ।
सामाजिक र धार्मिक सद्भावको जिल्लाव्यापीरुपमा प्रचारप्रसारका लागि धर्मगुरुलाई एकसाथ रथमा घुमाएर परिक्रमा गराइएको आयोजक आधुनिक युवा सञ्जाल डिगाउँका अध्यक्ष तीलकवीर सुनारले जानकारी दिए ।
कृषि, पर्यटन प्रर्वद्धन, सांस्कृतिक एवं ऐतिहासिक धार्मिक मुसबेटवा बाबा प्रथम ब्यापारिक महोत्सव माघ २१ गतेसम्म चल्नेछ । हरेक वर्ष श्रीपञ्चमीका अवसरमा लाग्दै आएको तीनदिने धार्मिक मेला पनि यसवर्ष महोत्सवसँगै हुने भएको छ । महोत्सवमा १ सय ७० वटा स्टल राखिएको आयोजक सञ्जालले जनाएको छ ।
झण्डै ६० लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको महोत्सव ७० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बाँके क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले भव्य समारोहकाबिच सोमबार महोत्सवको उद्घाटन गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply