Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,पुस ।
अमेरिकाको फ्लोरिडा विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीले जनाएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन् ।
एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन् । सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । 
आक्रमण किन गरिएको हो भन्ने अहिले खुली नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको सिएनएनले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply