Ticker

6/recent/ticker-posts

श्रमदान बाटै विद्यालय भवन पुनर्निर्माण

नन्दऋषि जैसी
काठमाडौं–विगत लामो समयदेखि घाँसी नेपाल नामक गैर सरकारी संस्थाले भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माण कार्यलाइ तीव्रता दिएको छ ।
 
गोरखा जिल्लाको जनकल्याण उ.मा.वि र काठमाण्डौँको रामकोटस्थित बालबोध मा.वि.को विद्यालय भवनको काम सकेसँगै  श्रमदाताहरुको सहयोगमा कागमाण्डौँ जिल्लाको कागेश्वरी मनोहरा २ गागलफेदीमा रहेको हर्श निम्नमाध्यमिक विद्यालयको भवन निर्माण कार्यलाइ अगाडि बढाएको छ । ‘देश निर्माणमा हाम्रो हात, श्रमदान गरी नयाँ वर्षको गरौँ सुरुवात’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०१७ को पहिलो दिन अथवा पौष १७ गतेका दिन घाँसी आर्दश समाज नेपालमा आवद्ध सदस्यहरुको समुहले श्रमदान गरेर विद्यालय भवनको काममा सहयोग गरेका छन ।
 
केही संस्थाको आर्थिक सहयोग र सदस्यहरुबाट श्रमदानबाट भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयको निर्माण गर्न सफल भएको कार्यक्रम संयोजक शंकु प्र.जैसीले जानकारी दिए । आगामी दिनमा यसरी नै सहयोग भैरह्यो भने निश्चित समयमा ११ जिल्लाका ६० वटा स्कुल भवन निर्माण गर्न सजिलो हुने र समयमै पुनर्निर्माणको काम सम्पन्न हुने संस्थाका अध्यक्ष्य माधव प्रसाद घिमिरेले जानकारी दिए ।

Post a Comment

0 Comments