Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी– स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ। तर भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताएकी छन्।
राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवास ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र अहिलेसम्म कुनै हानि नपु¥याएको समेत महारानी सिल्भियाले खुलासा गरेकी छन्।

स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्ट्री) निर्माण गरेको छ। उक्त लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्दै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’ भनिन्। ‘भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयमलाई पनि अनुभव छ कि? भनी सोधिएको प्रश्नमा उनले ‘पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके भनी मन्द मुस्काउँदै जवाफ दिइन्।

ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६ औँ शताब्दीको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो। महाराज्ञी सिल्भिया जर्मनीमा जन्मिएकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँसँग विवाह भएको थियो। बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply