Ticker

6/recent/ticker-posts

चिर निन्द्राबाट ब्युझिन वाईसिएललाई अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौ, माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप समेत लगाए ।
सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भनेः‘ देशमा अहिले दक्षिणपन्थी हावा चलेको छ । यसको नाममा ७० वर्षको क्रान्ति र त्यसका उपलब्धिहरुलाई उल्टाउने प्रयास भइरहेको छ ।’
आफूलाई क्रान्तिकारी भन्ने र झण्डा र चुनाव चिन्ह पनि त्यस्तै भएका दलहरुले नै देशमा दक्षिणपन्थी हावा चलाउन खोजेको उनको आरोप छ । एक समय वाईसीएल जाली फटाहका लागि आतंक र जनताका लागि भरोसाको संगठन भएको भन्दै उनले निद्राबाट ब्यूँझन वाईसियल कार्यकर्तालाई निर्देशन दिए ।

Post a Comment

0 Comments