Ticker

6/recent/ticker-posts

...उल्टै अल्टरको ‘माल’ चाहिएको छ

आकास धुम्मिएर पानी के परेको थियो– मान्छेहरु मौसम अनुसारको ‘ट्युनिक’ लगाएर हिडेका भेटिए । थन्क्याइएको मफलर, खुम्चिएको माकले–टोपी हुँदै ऊनीका बाक्ला पञ्जा र पछ्यौराले मौका पाए  ।

सही रहेछ, पालो कुर्नुमात्र पर्दो रहेछ– आखिर जस्कोे पनि पालो आउँदो रहेछ । यसरी घाँटीको मफलरझैँ आफ्नो अस्तित्वको पालो कुरेका मान्छेहरु प्रशस्त छन् समाजमा ।

 आफ्नो उठ्ने पालो कुरिरहेका मान्छेहरुले यसैकारण नारायण गोपालको गीत सुन्ने र सुनाउने गरेका होलान् ।

जीवन संगीतको पाटोमा हामीकहाँ नारायण गोपालसँगै पन्नाकाजीको अस्तले दिएको सन्देश हो– ‘तिमी जबसम्म कहिल्यै नउठ्ने गरी आर्यघाटमा लमतन्न सुत्दैनौं । तबसम्म तिमी उठ्ने भ्रममा मान्छेहरुले तिमीलाई श्रद्धानत हात दिँदैनन् ।’

धेरै देखियो–भोगियो । आर्यघाटमा हुने–दिइने तोप र सलामी । सत्ता र सिंहासनले पार्टी र देशकै झण्डा पाएको पायै छन् । तर, स्रष्टा र सिजृनाले एक चिर्पट चन्दन पाएको देखिएन ।

आज यस्तै छ, आकास फाटेको छैन । भोलि टन्टलापुर घाम लाग्ला । पर्सी शहीद दिवसको विदा मनाउन  समय र समाजले तीन गड्डी  तासको जोहो गर्ला । प्रष्टैछ, त्यहाँ गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दका कुरा हुनेछैनन् । ‘बेगम र बास्सा’ अनि ‘छक्का र सत्ता’को घोप्टो स्वरुपमा हामीले ‘माल’ खोज्नेछौं । हामीलाई परिवर्तकामी ‘कमाल’ होइन, उही उल्टो अल्टरको ‘माल’ चाहिएको छ । यसैकारण यत्रतत्र सर्वत्र आफ्नो ‘काल’ पनि विर्सेर ‘बबाल’ गर्दैछौं ।

फेसबुकबाट साभार...
 

Post a Comment

0 Comments