Ticker

6/recent/ticker-posts

मोदीलाई ट्रम्पको निम्तो.....

नयाँदिल्ली, माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । ट्रम्प र मोदीबिच भएको टेलिफोन वार्तामा मोदीलाई भ्रमणको निम्तो दिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विश्वभर भएका खराब परिस्थितिसँग जुध्न अमेरिकाले भारतलाई राम्रो साथीको रुपमा लिएको छ । आर्थिक विकासको लागि पनि ट्रम्पले भारतलाई राम्रो साथी मानेको खबरमा उल्लेख छ ।
मोदीले आफूले पनि ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएको बताएका छन् । आतंकवाद विरुद्ध लड्न पनि भारत अमेरिका साथसाथ रहने उल्लेख गरिएको छ ।

Post a Comment

0 Comments