काठमाडौं– विद्युत प्राधिकरणले विद्युत उत्पादनको तुलनामा खपत बढ्ने अवस्था सिर्जना हुन थालेपछि एसएमएस मार्फत कम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग गर्न आम जनतालाई आग्रह गरेको छ ।
प्राधिकरणले नेपाल टेलिकमको एसएमएस मार्फत टेलिकमका ग्राहकलाई म्यासेज पठाएर विद्युत कम खपत गर्ने उपकरण प्रयोग गर्न आग्रह गरेको हो । नेपाल टेलिकममार्फत विद्यतु प्रधाकिरणले पठाएको एसएमएसमा भनिएको छ– ‘लिड बल्ब लगायत कम विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरौं ।’
यो एसएमएस आएसँगै कतिपयले अब कतै लोडसेडिङ हुने पो हो कि भन्ने आशंका गर्न थालेका छन् । विद्युत प्राधिकरणले भने काठमाडौं उपत्यकामा लोडसेडिङ नहुने यसअघि नै बताइसकेको छ । केही दिन अघि मात्रै भारतबाट आयातीत बिजुली प्रसारण लाइनमा जोडिएपछि अब उपत्यकामा अब उपत्यकामा लोडसेडिङ नहुने पक्का भएको हो। तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ।
लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिनका लागि विद्युत प्राधिकरणले आम उपभोक्तालाई एसएमएसमार्फत सचेत गराएको जनाएको छ । किनकी अहिले लामो समयसम्म पानी परेको छैन । खोलानालाको पानी सुक्दै गएका कारण विद्युत उप्तादन पनि तुलनात्मक रुपमा कम भएको छ ।
नेपालमा उत्पादित विद्युतले लोड धान्ने अवस्था नरहेपछि गत मंगलबार साँझ पहिलो पटक भारतीय २० मेगावाट बिजुली काठमाडौंको लाइनमा जोडिएको थियो । आर्थिक वर्ष २०५९÷६० बाट निर्माण थालिएको खिम्ती–ढल्केबर १ सय ३२ केभी प्रसारण लाइनमा भारतीय विद्युत जोडिएको हो । प्राधिकरणले आगामी फेब्रुअरी १ देखि भारतबाट थप १ सय २० मेगावाट बिजुली खरिद गर्ने सम्झौता पनि गरिसकेको छ ।

0 Comments