Ticker

6/recent/ticker-posts

प्रधानमन्त्रीको बचनः ‘फर्किनासाथ कारबाही गर्छु’

 ४ माघ, युएई । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गर्नर बचन दिएका छन् ।

युएई ९दुबाई० भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले माजव तस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘तपाईहरुको कुरा सुनेपछि मलाई आजै नेपाल गएर अध्यागमनका कर्मचारीलाई कारबाही गर्न मन लागेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘विदेश आउने युवालाई म दोषी मान्दिन । यो सबै समस्याको जड अध्यागमनका कर्मचारी रहेछन् भन्ने अब प्रष्ट भयो । नेपाल फर्किएलगत्तै अनुसन्धानका लागि छानविन समिति बनाएर कारबाही प्रक्रिया अघि बढाउँछु ।’

Post a Comment

0 Comments