Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
चालू आर्थिक बर्षको आधा समय गुज्रिसक्दा पनि लक्ष्यअनुसार बजेट खर्चन नसकेपछि सरकारले विकास आयोजनाहरूको स्थलगत अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको छ । चालू आवका लागि विनियोजित १० खर्ब ४८ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बराबरको बजेटमा बुधबारसम्म २२.७१ प्रतिशत रकम मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगततर्फ कुल विनियोजनको जम्मा ९.२२ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।
सोमबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकमा कमजोर खर्च क्षमतालाई लिएर कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री पुष्पकमल दाहालले विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई नै विकास आयोजनाको स्थलगत अनुगमनमा लाग्न निर्देशन दिइसकेका छन् ।
बजेट वक्तव्यमै ठूला र महत्वपूर्ण कार्यक्रमहरूको अनुगमन प्रधानमन्त्री स्वयंले गर्ने तथा आयोजना कार्यान्वयनसँग सम्बन्धित मन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सम्बन्धित सचिवहरूलाई अनुगमनमा प्रत्यक्ष संलग्न गराउने घोषणाअनुसार सरकारले अनुगमन कार्यलाई बढावा दिन लागिएको हो ।
असोजयता प्रधानमन्त्री स्वयंले राष्ट्रिय महत्वका झन्डै आधादर्जन आयोजनाको स्थलगत अनुगमन गरिसकेका छन् भने राष्ट्रिय योजना आयोगका पदाधिकारीले पनि आयोजनाको स्थलगत अनुगमनलाई तीब्रता दिएका छन् ।
फितलो अनुगमनकै कारण गत वर्ष जम्माजम्मी ५६ प्रतिशत मात्र पुँजीगत खर्च भएको निष्कर्षमा सरकार पुगेकाले यसवर्ष लक्ष्यअनुसार ८० प्रतिशत खर्च गर्न अनुगमन प्रभावकारी बनाउन लागिएको आयोग स्रोतको दाबी छ ।
चालू आर्थिक वर्षका लागि कुल ४ सय ८४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयमा रहेकोमा पहिलो चौमासिकसम्ममा १ सय १ आयोजनाको प्रगति ८० प्रतिशतभन्दा बढी देखिएको छ । ८७ आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतभन्दा बढी, १ सय २१ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम र ४४ आयोजनाको प्रगति स्थितबारे सरकार नै बेखवर देखिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply