Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारामा नयाँ डेटा अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ मूल्यमा एनसेलको डेटा सेवा लिन सक्नेछन् ।
आइतबारदेखि लागु भएको योजनामा भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शूल्कमा समेदिएको एनसेललले जनाएको छ ।
योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।
अल टाइम डेटा प्याक चाहने ग्राहकले ९ रुपैयामा मा २० एमबी, २० रुपैयाँमा मा ५० एमबी तथा २५० रुपैयाँमा मा १००० एमबि डेटा खरिद गर्न सक्नेछन् ।
डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् ।
यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबीसम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबीसम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् ।
सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् । यो अफर ९० दिन सम्म संचालनमा रहनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply