Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बझाङ, पुस ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई बझाङमा भव्य स्वागत गरीएको छ । विभिन्न बिधामा पदक लिएर बझाङ आएका खेलाडीलाई मंगलबार स्थानीय बासिन्दाले घोडामा चढाएर बाजागाजासहित बजार परिक्रमा गराएका हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा यसभन्दा अगाडि जिल्लाबाट विभिन्न खेलमा सहभागी हुने गरेपनि  सफलता हात पार्न सकेका थिएनन् तर सातौँ राष्टिय खेलमा स्वर्ण पदकसहित रजत, कास्य पदक जितेर ल्याएको हुँदा खेलकुद विकास समितिले औपचारिक रुपमा खेलाडीलाई सम्मान गरेको हो ।
विराटनगरमा पुस ९ गते देखि १५ गतेसम्म भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा बुदोकादो फुल कन्ट्याक्टको ५५ केजि पुरुषतर्फ योगेश बोहरा र ५० केजि तौल समूहका सुमित कुमार रोकायाले स्वर्णपदक जितेका थिए ।
त्यसैगरी बुदोकादोमै महिलातर्फ अस्मिता बुढाले कास्य पदक जित्न सफल भएकी थिईन् । ५० केजि तौल समूहतर्फ सुमित कुमार रोकायले रजत पदक, ४० केजि तौल समूहको खेलमा खेलाडी पुस्कर थापाले रजत पदक, र आकास बोहराले ४५ केजि तौल समूहमा रजत पदक जितेका थिए ।
यसका साथै महिला खुला प्रतियोगितातर्फ पनि अस्मिता बुढाले नै कास्य पदक प्राप्त गरेकी छन् । ४० केजि पुरुष तौल समूहमा पनि पुस्कर थापाले कास्य पदक जितेर ल्याएका छन् । अर्का खेलाडी निरज कुमार विकले ५५ केजि तौल समूहमा कास्य पदक हात पारेका छन् ।
यसैगरी ३५ केजि तौल समूहमा खेलाडी अमन भाटले कास्य पदक जित्न सफल भएका छन् । यसरी बुदोकादो फुलकन्ट्याक्ट तर्फ बझाडकै खेलाडीले प्रायजसो तौल समूहमा विजय हासिल गरेपछि खेलाडीमा उत्साह जागेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply